

धादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।५ जना पुरुष र ६ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये बेनिघाट रोराङका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रवीभ्यालीका १/१ जना रहेका छन्।
साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १४१ पुगेको छ।जसमा पुरुष १ हजार ५१८ र महिला १ हजार ६२३ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ५८३ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भएको छ।
यसैगरी आज थप ४ जनामा स्क्रब टाइफस संक्रमण भएको छ।आज ४ महिला र ४ पुरुषमा संक्रमण भएको हो ।संक्रमितहरुमा ज्वालामुखीका २,सिद्धलेक र नीलकण्ठका १/१ जना छन्।
अहिलेसम्म स्क्रब टाइफस संक्रमित हुनेको संख्या १५२ पुगेको छ।संक्रमितहरुमा ५७ जना पुरुष र ९५ जना महिला छन् ।गत बर्ष २०७९÷०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले १० हप्ताको अवधीमा मात्रै १५२ जना संक्रमित भईसकेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |