

आन्दोलनरत डाक्टरहरू र सरकारबीच सहमति भएको छ।
शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच ६ बुँदे सहमति भएको हो।
बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षा माग गर्दै प्रदर्शन गरिरहेका थिए। उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए।
सहमति पत्रमा डाक्टहरूका तर्फबाट स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |