

धादिङ– धादिङको बिभिन्न स्थानमा शनिबार ९७ जनाले रक्तदान गरेका छन्।चुलिदेवी बचत तथा ऋण सहकारी संस्थाको १८औँ बार्षिक साधारण सभाको अवसरमा विशालनगरमा ४३ जनाले रक्तदान गरेका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित विशालनगरमा साकोसको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ जना महिला र ३१ जना पुरुष गरी ४३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
यसैगरी थाक्रेको महादेववेशीमा पनि ५४ जनाले रक्तदान गरेका छन् ।नेपाल स्वयंमसेवी रक्तदाता समाज धादिङको आयोजनामा महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ४३ जना पुरुष र ११ जना महिला गरि ५४ जनाले रक्तदान गरेका हुन्।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।
रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |