

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ।
चाईल्ड फण्ड जापान र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत वडा नम्बर ६, ८ र १० को १० वटा विद्यालयका ४३० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको हो ।
जसमा वडा नम्वर ८ को कालिका मा.विका ९३ जना, सुर्योदयका ४६ जना, गोठीभञ्ज्याङका ४२ जना रहेका छन्।
त्यस्तैै वडा १० को राष्ट्रिय माविका ६७ जना, पदमचौर आविका २९ जना, चित्रकला आविका ३३ जना, जलकन्या आविका ४३ जना, वडा नम्वर ६ को पन्चकन्या माविका ९१ जना, धुसा आविका ३७ जना रहेका छन् ।
बालबलिकालाई सम्बन्धित विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधी, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, प्रयास नेपालका अध्यक्ष विर बहादुर श्रेष्ठ चाईल्ड फण्डका प्रतिनिधी लगाएतको रोहवरमा सामग्री वितरण गरिएको हो।
बॉकी रहेका विद्यालयमा क्रमश अर्को हप्तादेखी वितरण गरिने भएको छ।हाल परियोजना अन्तर्गत ४३० जना बालवालिका पहिचान भएर प्रत्यायोजन गरिएको र यो संख्या ६०० पु¥याउने परियोजनाको लक्ष्य रहेको प्रयास नेपालले जनाएको छ ।
चाईल्ड फण्ड जापान र प्रयास नेपाल धादिङको साझेदारीमा बेनिघाट रोराङको वडा नम्बर ६, ८ र १० का १९ वटा विद्यालयहरुमा सेफ परियोजना सञ्चालन भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |