

धादिङ । सिद्धलेक गाउँपालिका ४ आरुबासमा रहेको कालिदेवी माध्यमिक विद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार विद्यालयको ६० औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिन प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आथित्यता तथा उपाध्यक्ष सबिता अर्याल, वडा नं ४ का वडाध्यक्ष झक बहादुर थापा मगर लगाएतको आथित्यता रहेको थियो ।
बार्षिकोत्सवको अवसर पारेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट अनुदान प्राप्त विद्यालय भवनको उद्घाटन गरिएको छ ।
५५ लाखको लागतमा निमार्ण सम्पन्न भएको ४ कोठे भवनको कार्यक्रमका प्रमुख अतिथि खतिवडाले उद्घाटन गर्नुभएको विद्यालयका प्रधानाध्यापक बाबुराम तमाङ्गले जानकारी दिनुभयो।
बार्षिकोत्सवकै अवसरमा गत बर्ष भएको विद्यालयको विविध गतिविधिमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सुष्मा अर्याललाई युकेमा रहनुभएका डा.कमल अर्यालले उपलब्ध गराउनुभएको नगद १५ हजार हस्तान्तरण गरिएको छ। डा.अर्यालले विद्यालयमा २ कोठे भवन पनि निर्माण गरिदिनुभएको र २०७३ सालबाट हरेक वर्ष एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई १५ हजार उपलब्ध गराउर्दै आउनुभएको विद्यालयका प्रधानाध्यापक तमाङ्गले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खतिवडाले विद्यालयको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।विद्यालयले वार्षिक उत्सव मनाउनु सफलता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा विद्यालयको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउनुभयो ।साथै आगामी बर्ष विद्यालयमा कक्षा ११ सञ्चालनको लागि पहल गर्ने पनि बताउनुभयो ।
२०२० सालमा अध्यापन सुरु भएको सो विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा अहिले २ सय २१ जना विद्यार्थी अध्ययनरत रहेका छन ।
















आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |