

धादिङ। सिद्धलेक गाउँपालिका–२ नलाङस्थित ठाँटीभञ्ज्याङमा रहेको सिद्धेश्वर माध्यमिक विधालयमा समाजसेवी भगवान भट्टले सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ का वडा सदस्य तथा समाजसेवी एवं पूर्व विद्यार्थी समेत रहेका भट्टले आफ्नो बुवाआमाको सम्झनामा ४ लाख रुपैयाँ लागतमा विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको हो ।

भट्टले आफ्नो बुबा स्व. हिरा बहादुर भट्ट र आमा केकै माया भट्टको सम्झनामा सरस्वती र गणेशको मूर्ति सहित मन्दिर निर्माण गर्नुभएको हो ।

मन्दिरको आज श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्नुभयो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्र मल्लको अध्यक्षतामा भएको मन्दिर उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।उपाध्यक्ष सबिता अर्याल, वडा नम्बर–२ का वडा अध्यक्ष शम्भु गुरुङ(सागर)को विशेष आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय भुमि आयोग धादिङका अध्यक्ष कृष्ण अर्याल, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले विद्यालयप्रति चिन्तन गर्ने व्यक्तिहरूकै कारण विद्यालयको विकास हुने बताउनुभयो। उहाँले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि गाउँपालिका सधैँ तत्पर रहेको बताउनुभयो ।प्रविधियुक्त विद्यार्थी उत्पादन गर्नु अहिलेको आवश्यकता रहेकाले विद्यालयहरूलाई त्यसतर्फ ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।
यसैगरी गाउँपालिका उपाध्यक्ष सबिता अर्यालले विद्यालयलाई आवश्यक परेका हरेक कुरा पूरा गर्न गाउँपालिका तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै भुमी आयोग धादिङका अध्यक्ष अर्यालले गुणस्तरीय शिक्षामा ध्यान पु¥याउन विद्यालय प्रशासन र शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
विद्यालय हाताभित्र मन्दिर निर्माण भएपछि विद्यालयको शोभा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र मल्लले बताउनुभयो । मन्दिर लगायतका विकास निर्माणमा यसरी पूर्व विद्यार्थीहरूले चासो लिए विद्यालयको मुहार फेरिने पनि बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक हरी बहादुर सिलवालले विद्यालय हातामा सरस्वतीको मन्दिर निर्माण गरिदिनु भएकोमा समाजसेवी एवं पूर्व विद्यार्थी भट्टलाई धन्यवाद दिनुभयो।
मन्दिर निर्माण गर्नुहुने समाजसेवी भट्टलाई सम्मान गरिएको थियो।

नलाङ बैरेनी निवासी भट्ट सिद्धेश्वरबाटै २०६८ मा कक्षा १२ अध्ययन पुरा गर्नुभएको थियो।
२०१६ सालमा स्थापना भएको यस बिद्यालयमा हाल १२ कक्षा सम्म पढाई हुँदै आएको छ।हाल बिद्यालयमा करिब ३ सय बिद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रमको भिडियो हेर्नुहोस् :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |