

धादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकामा संचालन हुने छ ।
त्यस्तै दोस्रो चरणमा फागुन २१ गते देखि २७ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने भएको छ ।
के हो दादुरा–रुबेला रोग ?
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला ।
चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने चिकित्सकको भनाई छ ।
दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ। त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ।गर्भावस्थामा रुबेला संक्रमण भएमा समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने जस्ता जटिल समस्या देखिने चिकित्सकले बताएका छन् ।
दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ।
दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन्। बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ।
दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो। संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ। यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ।
दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ।
बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने चिकित्सकहरु बताउँछन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |