

नीलकण्ठ नगरपालिका–३ धादिङकी सुष्मा अधिकारी धादिङ अस्पतालमा भेटिनुभयो।
लडेर हातको कुइनोमा काँडा विजेपछि उपचारका लागि अस्पताल आउनुभएकी उहाँ कहिले अस्पताल त कहिले पोलिक्लिनिक धाउदैमा हैरान् पर्नुभएको गुनासो गर्नुभयो ।
उहाँ भन्नुुहुन्छ, ‘धादिङ अस्पतालमा टिकट काटेँ, एमटिएच पोलिक्लिनिकमा भिडियो एक्सरे भयो, काँडा निकाल्न चाँहि पुनः धादिङ अस्पताल नै आउनु प¥यो । विरामीको उपचार गर्ने अस्पताल आफै विरामी र विजोक कहिलेसम्म ?’
‘भिडियो एक्सरे समेत धादिङ अस्पतालमा नहुने भन्दै धादिङबेशीकै एमटिएच पोलिक्लिनिकमा रेफर गरेपछि म दंग परेँ’ उहाँले भन्नुभयो ‘अस्पतालकै ओपिडिको ४ नम्बर कोठामा चेकजाँच भयो । डाक्टरले यहाँ हुदैन, वीर अस्पतालको डाक्टर आउनुपर्छ भन्यो । डाक्टर आफैले वर्गर हाउस तल पोलिक्लिनिक गएर देखाउनु, त्यहाँ उपचार हुन्छ भनेर रेफर ग¥यो ।’
धादिङ अस्पतालले दिएको रेफर लिएर उपचारका लागि अस्पताल नजिकै रहेको एमटिएच पोलिक्लिनिक पुगेको उहाँको भनाई छ । पोलिक्लिनिकमा पुगेपछि भिडियो एक्सरे गरेर फेरी काँडा निकाल्न चाँहि धादिङ अस्पतालमै पठायो’ उहाँले भन्नुभयो।
‘सरकारी अस्प्तालले किन निजि अस्पताल तथा मेडिकलमा रेफर गर्छन् । नितिगत रुपमै पाइने व्यवस्था छ कि डाक्टरहरुको कमाउ धन्दा हो’ बुहारीको उपचारका लागि अस्पतालमा भेटिएका दिपक अधिकारीले भन्नुभयो– ‘रेडियोलोजिष्ट छैन भन्दै पोलिक्लिनिकमा विरामी रेफर गर्न मिल्छ र । एक पटक रेफर गरेर फेरी अस्पतालमै लगेर उपचार गर्नुले अस्पताल सञ्चालक समिति, अस्पतालका डाक्टर र पोलिक्लिनिकविचको साटकाट छ भन्ने प्रष्टै छ नि ।’
सुष्मा जस्तै उपचारका लागि धादिङ अस्पताल आउने सबै विरामीहरुको अवस्था उस्तै छ । नीलकण्ठ नगरपालिका–१२ की रेनु गुरुङले भोगेको समस्या फरक छैन । भिडियो एक्सरेकै लागि उनलाई पनि एमटिएच पोलिक्लिनिकमै पठाएको उहाँ बताउनुहुन्छ।
जिल्लाकै अस्पताल भनेर उपचार गर्न आएको तर ‘मेडिकल तिर जानु नै छ भने जिल्लाको अस्पताल भनेर विरामीले किन दुःख पाउँनु । स्वास्थ्य क्षेत्रमा धादिङ अस्पतालको यस्तो चरम लापरबाहि कहिलेसम्म ?’ उहाँले प्रश्न गर्नुभयो ।
अस्पतालमा रेडियोलोजिष्ट नभएको र जटिल खालका केशहरु अन्यत्र रेफर गर्ने गरेको धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो। ‘प्रशासन, समितिसँग सम्बन्धित होइन । यस्ता केशका विषयमा कुरा उठेपछि छलफल पनि भएका छन् । हाम्रोमा सादा हो । अन्यत्र कलर हुन्छ । डाउट लागेका केशहरु चाँहि अन्यत्र रेफर गरेका होला,’ उहाले भन्नुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |