

धादिङ ।दुवै मिर्गौला फेल भएका नीलकण्ठ नगरपालिका १२ का २२ वर्षीय बिजय खनालको उपचारका लागि सहयोग गरिदिन स्थानियले आग्रह गरेका छन्।
स्थानीय गिता खनालको संयोजकत्वमा ७ सदस्यीय बिजय खनाल बचाउ सहयोग समिति गठन गरेर गाउँबासीको तर्फबाट देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरिएको छ ।
पारिवारिक रुपमा अत्यन्तै कमजोर अवस्थामा रहेको खनाल परिवारको सबै जग्गा जमिन विक्रि गर्दा पनि उपचारमा नपुग्ने अवस्था भएको छ ।
धादिङ अस्पतालमा हप्ताको २ दिन डायलासिस गर्ने गरेको विजयको मृगौला फेर्नु पर्ने र परिवारभित्रबाट मृगौला दिने मानिस भएपनि सो कामका लाग्निे खर्च पुर्याउन नसक्दा घरमै बसिरहेका खनाललाई बचाउन सबै मिलेर लाग्नु पर्ने संयोजक गिता खनालले बताउनुभयो ।
कक्षा १२ सम्म अध्ययन गरेका विजय खनाल पढाइमा अब्बल छन्। कुक तालिम लिएर नेपाली इन्डियन खाना बनाउने काम गर्दै आएका थिए भने विद्युत जडानको काम समेत कुशलतापूर्वक गर्न जान्ने भएका थिए।
आफूले काम गरेर आफ्नो पढाइका लागि पुर्याउँदै आएका विजय खनालको २०८० कात्तिक महिनामा उनलाई समस्या आएपछि धादिङ अस्पतालमा परिक्षण गरियो । धादिङ अस्पतालले विर अस्पतालमा प्रेषण गर्यो । बिर अस्पतालले सोही समयदेखि दुबै मृगौला फेल भएकाले तत्कालैदेखि डायलासिस गर्न सुरु गरेको थियो।
विजय खनाल बचाउ अभियान अन्तरगत राष्ट्रिय वाणिज्य बैँक धादिङ शाखाको खाता नम्बर २५८०१००७६७००५२०००००१ मा विरामी विजय खनाल र आमा मिना खनालको नाममा खाता संचालन गरिएकोले सम्पूर्ण देश विदेशमा बस्ने सबैलाई विजय खनाललाई बचाउन आग्रह गरिएको छ।
थप जानकारीका लागि विरामीका आमा मिना खनाललाई(९८६१३४४७६३) मा सम्पर्क गर्न सक्नुहुने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |