

धादिङ । त्रिपुरासुन्दरी गाँउपालिका-२ स्थित सल्यानटार स्वास्थ्य केन्द्रमा निःशुल्क मुटु परीक्षण शिविर संचालन हुने भएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा यहि चैत्र १० गते शिविर हुने हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा आउने चिकित्सक टोलीले शिविरमा प्रेसर परिक्षण , सुगर परिक्षण, ECG तथा ECO सेवाको साथै मुटुरोग सम्वन्धमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम समेत संचालन हुने उहाँले बताउनुभयो।
शिविरको प्रचार प्रसार र व्यवस्थापनको लागि हृदयरोग निवारण प्रतिष्ठान धादिङ र त्रिपुरासुन्दरी गाँउपालिका तथा सल्यानटार स्वास्थ्य केन्द्रविच आज वसेको संयुक्त वैठकले कार्य विभाजन गरेको छ ।
सल्यान्टार स्वास्थ्य केन्द्रमा ECG मेशिन नभएकोले तत्काल खरिद गर्न गाउँपालिकाबाट रकम विनियोजन गरि स्वास्थ्य केन्द्रलाई जिम्मा दिएको श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |