

धादिङ । सदरमुकाम धादिङवेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा “शिक्षक अभिभावक संघ” गठन गरिएको छ।
सोमबार एक भेलाका बीच नवराज तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय विद्यालयको शिक्षक–अभिभावक संघ गठन गरिएको हो।

तिमल्सिनाको अध्यक्षतामा रहेको उक्त कार्यसमितिमा मिरा विसुङ्खे, कमला श्रेष्ठ, श्री सुभद्रा अधिकारी, पवित्रा दनै, टाकाबहादुर श्रेष्ठ, भगवती श्रेष्ठ, प्रदिपराज रेग्मी, पदेन सदस्य वि.व्या.स. अध्यक्ष, पदेन सदस्य शिक्षक प्रतिनिधि र सदस्य सचिब विद्यालय प्रधानाध्यापक रहनुभएको छ।
विद्यालयमा गत पुस १६ गते भएको अभिभावक भेलाबाट छनौट भएका प्रतिनिधि अभिभावकहरूबाट ८ जना सदस्य र विद्यालयको तर्फबाट ३ जना पदेन सदस्य सहित ११ सदस्यीय समिति गठन गरिएको हो।
नमुना विद्यालय नीलकण्ठ माविमा २ हजार ८ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |