

सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी विद्यालयमा शुल्क निर्धारणलगायतका व्यवस्थाको सुनिश्चित गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पालिकालाई परिपत्र गरेको छ ।
मंगलबार मन्त्रालयले ७५३ वटै पालिकालाई पत्र पठाएर विशेषगरी निजी तथा संस्थागत विद्यालयले लागू गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गर्न भनेको हो ।
गएको ७ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले जथाभावी शुल्क असुल्ने काम रोक्न र कानुनी व्यवस्थाअनुसार छात्रबृत्तिको सुनिश्चित गर्न आग्रह गरेको छ ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐनमा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रबृत्तिको व्यवस्थापन सम्बन्धमा पालिकाले काम गर्नुपर्ने व्यवस्था भएको स्मरण गराउँदै त्यसैअनुसार स्वीकृत मापदण्ड, निर्देशिका वा कार्यविधिसमेतका आधारमा कार्यान्वयन गर्न भनेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |