

धादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ ।
यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक तर्फका र ग्रेडबृद्धी तर्फ २१ जना परिक्षार्थीले परिक्षा दिने श्रेष्ठले बताउनुभयो ।
परिक्षाका लागि जिल्लामा २४ वटा परिक्षा केन्द्र तोकिएको छ ।
उहाँका अनुसार प्रत्येक केन्द्रमा प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षकको व्यवस्थापन भईसकेको छ भने उत्तरपुस्तिका र प्रश्नपत्र पुगिसकेको छ ।
विगतका बर्षमा २६ वटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन गरिएकोमा यसबर्ष २ वटा केन्द्र घटाईएको छ ।
बिद्यार्थी संख्या घटेर परिक्षा दिने बिद्यार्थी एक सय पनि नपुगेपछी केन्द्र घटाईएको श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार रुवी भ्याली गाउँपालिकाको मुक्रावदेबी मावि र सिद्धलेक गाउँपालिकाको सिद्धेश्वर माविमा परिक्षा केन्द्र हटाईएको छ ।
उहाँले परिक्षालाई मर्यादित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान गर्नुभएको छ ।जिल्लामा गत बर्षको तुलनामा यस वर्ष झण्डै पाँच सय परिक्षार्थी कम रहेका छन् ।
भोलिदेखि चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
परीक्षाका लागि देशभर दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डौमा १२७ वटा परीक्षा केन्द्र छन् ।
यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ ।
यस वर्षदेखि ’लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ।
तस्विरमा सिद्धलेक गाउँपालिकाको सिद्धेश्वर माविका एसइई दिने परिक्षार्थी र शिक्षकहरु





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |