

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अबदेखि सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा छाप्ने भएको छ।त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीवार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो।
त्रिविले आज जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ।’
यसअघि विधार्थीहरुले त्रिविमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग गर्दै आएका थिए। शिक्षामन्त्री सुमना श्रेष्ठ सांसद हुँदा अंग्रेजी माध्याममा मात्रै प्रश्न सोध्दा धेरै विधार्थीहरु प्रश्न नबुझेर फेल भएको भन्दै उनले पनि नेपालीमा पनि छाप्नुपर्ने माग गर्दै आउनुभएको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |