

धादिङ । नेपाल रेडक्रस सोसाइटी नलाङ उपशाखा जिल्लाकै उत्कृष्ट हुन सफल भएको छ ।
शनिबार नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३७ औं वार्षिक साधारण सभाको अवसरमा नलाङ उपशाखालाई सम्मान गरिएको छ ।
जिल्ला शाखा अन्तर्गतका उपशाखाहरुमध्येबाट नलाङ उपशाखाले सांगठनिक कार्यसहित विभिन्न कार्यक्रमहरु डेंगी प्रतिकार्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम, आर्थिक सहयोग/संकलन, रक्तदान कार्यक्रम सहित विभिन्न सामाजिक कार्य गरी रेडक्रसको मुल्य मान्यतालाई उच्च राख्ने कार्य गरेको भन्दै उत्कृष्ट उपशाखाको रुपमा सम्मान गरिएको हो ।
उपशाखाका सभापति अमृत गुरुङ(तिलक) हुनुहुन्छ।
धादिङबेशीमा रेडक्रस धादिङ जिल्ला सभापति दुर्लभ कुमार तामाङको अध्यक्षतामा भएको साधारण सभामा रेडक्रसका केन्द्रिय सभापति सुदर्शन प्रसाद नेपालको प्रमुख आतिथ्यता उप सभापति राधा नेपाली, केन्द्रिय कोषाध्यक्ष बिर बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो ।
तत्कालीन ढोला गाविसका शिवराज अधिकारीको नेतृत्वमा सुरु भएको रेडक्रस धादिङ जिल्ला शाखा अन्तर्गत १३ वटा स्थानीय तहमा २९ वटा उपशाखाहरू, १ सय ५० विद्यालयहरूमा जुरेस/युरेस क्रियाशिल छन् भने यशस्कर सदस्य २४, विशिष्ट सदस्य ४, संस्थागत सदस्य १ र आजिवन सदस्य ४ हजार १ सय सदस्य छन् ।
साधारणसभाले वर्षभरिका सेवाहरूको समिक्षा र प्राप्त उपलब्धिहरूको समिक्षा गर्दै भावि कार्यदिशा समेत तय गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |