

बसेरी ।गंगाजमुना गाउँपालिकाले वडा स्तरीय बाल क्लब संजाल क्षमता विकास तथा पुर्नगठन प्रक्रियालाई प्राथमिकता राखि कार्यान्वयनमा तिब्रता दिएको छ ।
शनिबार गाउँपालिकाको वडा नं ६ र ७ मा वडा स्तरीय बालक्लब संजालका पदाधिकारीको क्षमता विकास कार्यशाला सञ्चालन गरी प्रत्येक वडामा १५/१५ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल गठन गरिएको छ ।


वडा नं ६ को वडा कार्यालय बसेरीमा भएको वडा स्तरीय बालक्लब संञ्जाल पदाधिकारीहरुको नेतृत्व विकास कार्यशालामा सम्बन्धित वडा भित्र बालक्लब संञ्जाल तथा बिद्यालयमा गठित बालक्लबका पदधिकारी लगाएतको सहभागी थियोे ।
नेपालले बालबालिकाको सहभागीताको अधिकारलाई मौलिक हकको रूपमा आत्मसात गरेको छ ।
बालसमूह गठन तथा परिचालन निर्देशिका २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम वडा स्तरीय संञ्जाल गठन गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा भट्टले बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको सूचक नं ४१ स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिकामा बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार गाउँपालिकाले बालभेला तथा वडा स्तरीय बालक्लल गठन र परिचालनलाई महत्व दिएको वडा नं ६ का वडा सदस्य धन बहादुर गुरुङले बताउनु भयो ।

बालबालिकाहरुको भेला भई आफ्ना वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न,तय गरिएका आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले पनि संजाल निर्माण कार्यलाई प्राथमिकता राखिएको पनि वडा गुरुङले बताउनु भयो ।
बालबालिकाको अर्थपूर्ण सहभागीता वृद्धि गर्न सहयोग पुग्नुको साथै बालबालिकालाई स्थानीय शासन र लोकतान्त्रिक पद्धतिमा सहभागी हुने अवसर प्राप्त हुने पनि ढकालले बताउनु भयो।
वडा कार्यलयहरुमा भएको वडा स्तरीय बालक्लबका पदधिकारीहरुको नेतृत्व विकास कार्यशालामा बालक्लबका अध्यक्षको अध्यक्षता तथा सचिवहरुले संचालन गर्नु भएको थियो ।

बालक्लबका पदाधिकारीहरुको नेतृत्व विकास कार्यशालामा बिद्यालयका बालक्लबका सहयोगी शिक्षकहरुको सहभागी रहेको थियो ।नेतृत्व विकास कार्यशालाको बाल अधिकार अभियन्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको बसेरीबाट प्रमिता भट्टले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |