

धादिङ । गंगाजमुना गाउँपालिका वडा न ७ ले बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाा सम्बन्धी वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

आईतबार वडा कार्यालयमा जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारी तथा बिद्यालयका शिक्षक,व्यवस्थापन समितिका अध्यक्षहरु, बालक्लबका पदाधिकारीहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यवाहक वडाध्यक्ष हरिचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासनको अबधारणा,बालबालिकामा लगानी किन गर्ने,बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा प्रक्रिया,सुचकहरु, सुचक पुरा गर्न गर्नु पर्ने कार्यहरु,वडा स्तरीय संरचना ,आगामी कार्ययोजना,बाल भेला, बालबालिकाको लगानी योजनाको बारेमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रममा बालबालिकाको सर्वाेत्तम हित , सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति, योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारले लिनु पर्ने बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा गंगाजमुना गाउँपालिका महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्टले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनुभयो ।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको बताउनुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् । यस्तै बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम वडा नं. ७ का वडाध्यक्ष रविन अधिकारीको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन गरिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |