

पछिल्ला दिनमा देशैभर गर्मी बढिरहेको छ ।
सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरिरहेका छन् । गर्मीका बेला बिभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् त्यसैले विशेष सावधानी अपनाउनुपर्दछ ।
गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। विशेषत अहिले बालबालिकाहरु जोखिममा पर्दछन् । यस्तो समयमा भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउछ। यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ। धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम हो। यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न।
यो मौसममा शरीरले आफैंलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ। यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपूर मात्रामा पानी पिउनुपर्छ। हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ।
यस्तै हैजा, टाइफाइड र जण्डिस पनि एक समस्या हो । यी सबै पानीका कारण हुने रोग हुन्। यसबाट बँच्न सकेसम्म बाहिर खानुहुन्न। बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ।
गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन्। ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन्। ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन्।
गर्मी समयमा लामुखट्टेका कारण पनि बिभिन्न समस्या देखिन्छन् । घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन्।
यस्ता समस्याबाट बच्नको लागि सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउने, मसालेदार र तारेका खानेकुरा नखुवाउने, ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउने, बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिने गर्नुपर्दछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |