

धादिङ। थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।आईतबार एक कार्यक्रमबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले सम्बन्धित वडा अध्यक्ष र उक्त वडाका स्वास्थ्य सँस्थाका प्रमुख तथा प्रतिनिधीलाई सँयुक्त रुपमा पुर्ण खोपयुक्त वडा सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नु भएको छ।
कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिती धादिङका प्रमुख तथा जिल्ला स्तरिय खोप समन्वय समितीका अध्यक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालय धादिङका कोल्डचेन निरिक्षक गुजेश्वर श्रेष्ठले थाक्रेलाई पुर्ण खोपयुक्त गाउँपालिका सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नु भएको हो।
पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष नयाँ बच्चाको जन्म, उनिहरुले लगाएको खोपका बिषयमा अध्याबधिक गर्नपर्ने हुन्छ ।
त्यस्तै कार्यक्रममा पालिकाद्धारा सञ्चालित न्युनतम सेवा मापदण्ड अन्र्तगत प्रथम अर्धवार्षिक समिक्षामा प्रथम, दृतिय र तृतिय हुने स्वास्थ्य चौकीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
७१ प्रतिशत अँक हासिल गर्ने भुमेस्थान स्वास्थ्य चौकीलाई प्रथम, ६८ प्रतिशत अँक हासिल गर्ने केवलपुर स्वास्थ्य चौकीलाई दृतिय र ६७ अँक हासिल गर्ने महादेववेशी स्वास्थ्य चौकीलाई तृतिय स्थानको प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा पालिका प्रमुख रामकुमार आचार्यले पालिकाले बिगतका बर्षहरुमा पनि स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण काम हरु गर्दै आइरहेको भन्दै पालिकामा मानसिक रोगीको लागि पनि निशुल्क उपचार गराउने गरेको बताउनु भयो।
गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले यो प्रक्रिया प्रत्येक बर्ष हुने भएकाले हामि सबैको महान चाड नै भएको बताउदै स्वास्थ्य क्षेत्र सबै भन्दा महत्वपूर्ण रहेकोले मिलेर पालिका भरिका नागरिक लाइ स्वास्थ्य राख्नको लागि अगाडी बढ्नु पर्ने बताउनुभयो।
जनस्वास्थ्य कार्यालय धादिङका कोल्डचेन निरिक्षक गुजेश्वर श्रेष्ठले थाक्रेलाई पुर्ण खोपयुक्त गाउँपालिका भएकोमा शुभकामना दिनु भयो।
जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीले पनि थाक्रेले स्वास्थ्य क्षेत्रमा निकै राम्रो काम गरेको भन्दै धन्यवाद तथा शुभकामना दिनुभयो।
पालिकाको स्वास्थ्य शाखाका प्रमुख कमल अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |