

धादिङ । गंगाजमुना गाउँपालिकामा पालिका स्तरीय बालक्लब संञ्जाल गठन गरिएको छ ।
मंगलबार महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको भेलाले २१ सदस्यीय गाउँ पालिका स्तरीय संञ्जाल गठन गरी बालबालिकाहरुको क्षेत्रमा गाउँपालिकाबाट गरिनुपर्ने १६ वटा बुँदामा प्राथमिकता तय गर्दै पारित गरिएको छ ।

बालभेलाले पारित गरेको १६ बुँदे प्राथमिकता सहितको ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष भक्त बहादुर लामालाई हस्तान्तरण गरेका छन्।
भिमोदय माविकी छात्रा अनु रुवालीको अध्यक्षतामा गठन भएको बाल क्लब संजालमा ८ जना पदाधिकारी र १४ जना सदस्य रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम बाल भेला गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रमिता भट्टले बताउनु भयो ।
वडा, गाउँपालिकामा अब बन्ने वार्षिक योजना तर्जुमाका चरणहरूमा बालबालिकाको सहभागीता अनिवार्य गरिने गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले बताउनुभयो।

बालमैत्री स्थानीय शासनको सूचक नं ४१. स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिका तहमा बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार गाउँपालिकाले बालबालिका एक ठाउँमा जम्मा भई उनीहरूको समस्या, आवश्यकता र चाहनाहरूका बारेमा विचार राख्ने अवसर सृजना गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनुभयो ।
बालभेलाले बालबालिकाको अर्थपूर्ण सहभागीता वृद्धि गर्न सहयोग पुग्ने, बालक्लव, बाल सञ्जालको क्षमता विकासमा सहयोग पुग्ने, बालबालिकालाई स्थानीय शासन र लोकतान्त्रिक पद्धतिमा सहभागी हुने अवसर प्राप्त हुने श्रेष्ठको भनाई छ ।

आफ्ना वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न ,तय गरिएका आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले भेला आयोजना गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख मान बहादुर बोहराले बताउनुभयो ।
नेपालले बालबालिकाको सहभागीताको अधिकारलाई मौलिक हकको रुपमा आत्मसात् गरेको छ ।

त्यसैगरी नेपाल सरकारले अनुमोदन गरेको बालअधिकार महासन्धिका धाराहरू र सिद्धान्तले पनि बालबालिकाको सहभागीतालाई राज्यले सुनिश्चित गर्नु पर्ने उल्लेख गरेको छ भने बालबालिका सम्बन्धी राष्ट्रिय नीति, किशोर किशोरी सम्बन्धी कार्ययोजना लगायतका विविध दस्तावेजहरूले समेत बालबालिका सम्बन्धी कुनैपनि योजना, छलफल तथा निर्णय गर्दा अनिवार्य बालबालिकाको विचारको सुनुवाई हुनुपर्ने कुरा उल्लेख गरेको छ ।
बालभेलाको बाल अधिकार अभियन्ता दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियो ।

भेलामा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, विभिन्न बिद्यालयका बालक्लबका सहयोगी शिक्षकहरु, विद्यालय,वडा स्तरीय बालक्लबाट छनौट भएर आएका बालबालिक लगायतको सहभगीता रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |