

काठमाण्डौ,२८ असोज।
यस वर्षको मनसुन देशका पाँचवटा प्रदेशबाट पूर्णरुपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखालेसुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको विशेष बुलेटिनमार्फत जानकारी गराएको हो ।
यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश–१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो ।औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको छ ।
प्रदेश–१ र मधेस प्रदेशको केही भागमा भने अझै केही दिन ढिला हुने देखिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |