

धादिङ,२३ मंसिर ।
धादिङमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधीको लागि सिद्धलेक गाउँपालिका र खनियाबास गाउँपालिका भिड्ने भएका छन् ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा जारी प्रतियोगिताको आज भएको सेमिफाईनका खेलमा गंगाजमुनालाई हराउदै खनियाबास फाईनल प्रवेश गरेको हो भने रुवीभ्यालीलाई हराउदै सिद्धलेक फाइनलमा प्रवेश गरेको छ । फाईनल खेल दिउँसो २ बजे हुने छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ धादिङले जनाएको छ ।
प्रतियोगितामा जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |