

धादिङ,२८ मंसिर ।
धादिङमा दलित हक अधिकार कार्यन्वयन सम्बन्धमा छलफल गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धादिङमा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटिको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी प्रमुख, दलित अधिकारकर्मी लगाएतसँग छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी दलित अगुवाहरुले नागरिकतामा थर सच्याउन समस्या भएको गुनासो गरेका छन् । दलित अगुवाहरुले अपमानित र हीनताबोध हुने नाम, थर सच्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
नागरिकता बनाउने क्रममा केही दलित मानिसहरुको नाम, थर अपमानित हुने खालको रहने गरेको भन्दै जिल्ला प्रशासनले त्यस्ता नाम, थर सच्याउन को लागी सहजता गरिदिनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटिले कतिपय नामहरु सुन्दा पनि घृणा जाग्ने खालको भएको भन्दै सम्मानजनक नाम राखेर व्यक्तिको विवरण उल्लेख गर्न प्रशासन समक्ष आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहमा दलित समुदायको उत्थानको लागि निति तथा कार्यक्रम कसरी अगाडी बढाईरहेको छ ? जातीय विभेदका मुद्धाहरु आउछन् की आउदैनन् ? छुवाछुत निगरानी केन्द्रहरुको गठन गरेकोे छ वा छैन भनेर सम्बन्धित निकायलाई प्रश्न गर्नुभएको थियो ।
पुर्काेटिले पुष मसान्तसम्म छुट भएका थरहरु सूचीकरणमा राख्ने योजनामा रहेको बताउनुभयो । स्थानीय तहले दलित समुदायका लक्षितका कार्यक्रमलाई कार्यन्वयनमा लैजान आग्रह समेत गर्नुभयो ।
साथै उहाँले दलितको समस्या स्थानीय तहमा बढी रहेको भन्दै टोलछिमेकमा अझै पनि कुनै न कुनैरुपमा दलितमाथि जातीय विभेद हुने गरेकोले राज्यका हरेक निकाय र अधिकारकर्मीहरुले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्ला प्रशासन कार्यालय धादिङमा जातिय विभेदका मुद्धाहरु अहिलेसम्म नआएको बताउदै प्रशासनले सबैलाई समावेशी ढंगले सेवा प्रदान गरेको बताउनुभयो ।

यसैगरी आजै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा लगाएत वडाका दलित जनप्रतिनिधीहरुसँग पनि छलफल गरिएको छ । नगरपालिकाले छ्टयाएको निति तथा बजेट,दलित लक्षित कार्यक्रमहरु लगाएतको विषयमा छलफल गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |