

धादिङ,०१ पौष ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहाले गाउँका वृद्ध दम्पतीको हत्या गरेको आरोपमा दुई जना किशोर पक्राउ परेका छन् । सोमबार राती आहालेका गाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र उनकी श्रीमती ६५ वर्षीय नीरमाया आलेमगरको आफ्नै घरमा हत्या गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।
प्रहरीले आहाले गाउँकै १३ र १५ वर्षिय दुई किशोरलाई नियन्त्रणमा लिएको हो। घटना मोबाईलको लागि घटाएको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्यापछि मोबाईल जंगलमा लगेर लुकाएको अवस्थामा फेला परेको र घटनामा प्रयोग भएका धारिलो हतियार समेत उनीहरुले नै देखाएको आधारमा बरामद गरिएको प्रहरी नायव उपरीक्षक खत्रीको भनाई छ ।
उनीहरु नाबालक भएको र अनुसन्धान बाँकी नै रहेकोले अहिले हिरासतमै राखिएको खत्रीले बताए ।आईतबार पत्रकार सम्मेलन गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
आएका वृद्ध दम्पतीहरूलाई सोमबार बिहान ८ बजे स्थानीयले मृत अवस्थामा फेला पारेपछी प्रहरीलाई खवर गरेका थिए । घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोली र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोली सहितको तालिमप्राप्त कुकुरले घटनाको सूक्ष्म अध्ययन गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |