

धादिङ,०४ माघ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायव उपरीक्षक(डीएसपी) श्याम बहादुर खत्री बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रहरी नायव उपरीक्षक खत्रीलाई पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।सांगठनिक नीति निर्देशन बमोजिम जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई कार्य सम्पादन गरेको कारण खत्रीलाई उत्कृष्ट प्रहरी छानिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खत्रीले मंसिर २६ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ७४ वर्षिय विष्णर बहादुर मगर र निजको श्रीमती ६७ वर्षकी निरमाया आले मगरको हत्या घटनामा संलग्न सोही स्थानका १५ वर्षिय र १३ वर्षिय दुई किशोरलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुका साथै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका कार्यहरुमा आफनो जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन गरेकोले सवोत्कृष्ट प्रहरीको रूपमा सम्मान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको मूल्यांकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरिका प्रहरीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |