

धादिङ,११ माघ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पालिका भित्रका सहिद तथा वेपत्ता परिवारहरुलाई प्रति परिवार ५० हजार दिने भएको छ ।
सहिद तथा वेपत्ता परिवारहरुको आय आर्जनका लागि पालिका भित्रका २७ जना परिवारलाई प्रति परिवार ५० हजार वितरण गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताउनुभयो ।
मंगलबार आयोजित सहिद तथा वेपत्ता परिवारहरुका लागि संचालित आयआर्जनको लागि क्षमता अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थपलियाले सहिद परिवारलाई गाउँपालिकाले उपलब्ध गराउने उक्त रकम विउ पुँजी सहित सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको रकमको सदुपयोग भएको नभएको अनुगमन गर्ने बताउदै काम नगर्नेलार्ई अर्को वर्ष देखि सहयोग नगर्ने समेत उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सहिद परिवार लक्षित कार्यक्रम गाउँपालिकाले स्वरोजगार सँग जोडेर आर्थिक सहयोग गर्न लागेको बताउनुभयो ।
यस वर्ष सहिद तथा वेपत्ता परिवारमा गाउँपालिकाले ३ चरणका कार्यक्रम राखेको पालिकाले जनाएको छ । जसमा पहिलो चरणको कार्यक्रम अध्यक्षद्वारा न्यानो कपडा वितरण, दोस्रो चरणमा आय आर्जनका लागि प्रति परिवार ५० हजार वितरण गर्ने र तेस्रो चरणमा सहिद परिवार सम्मान कार्यक्रम रहको पालिकाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |