

धादिङ,१४ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर परेवाटारमा बिशाल धर्मशाला निर्माणको लागि गजुरी गाउँपालिकाले १० लाख दिने भएको छ।
परेवाटारमा जारी श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञलाई शुक्रबार सम्बोधन गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले तत्कालको लागि ५ लाख र आगामी असारमा निति तथा कार्यक्रममा समेटेर थप ५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
माघ ८ गतेदेखी परेवाटारमा अवस्थित लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर, चण्डिकादेवी एवम बिशाल धर्मशाला निर्माणार्थ आयोजित संगितमय श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ एवम परेवाटार धार्मिक महोत्सव जारी रहेको छ ।
दान अहिले नगरे कहिले गर्ने,हामिले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने भन्ने मुल मन्त्रको साथ जारी भागवतको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले गर्नुभएको छ ।
महायज्ञमा २१ हजार भन्दा माथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने आयोजकले जनाएको छ। महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजा तथा पाठ पारायण हवन, प्रत्येक दिन विहान १० बजे देखि ५ बजेसम्म संगितमय श्रीमद् भागवत कथा वाचन सहित दाता सम्मान, प्रत्येक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा भजन कृतन र झाँकी प्रदर्शन हुने गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |