

मकवानपुरमा १३० विघा अफिम र २८ विघा गाँजा खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।
प्रहरीले लागू पदार्थ उत्पादन न्यूनिकरण अभियान सञ्चालन गरेर माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ विघामा लगाइएको अफिम नष्ट गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |