

धादिङ,२१ माघ।
धादिङको गंगाजमुना गाउँपालिकामा बजार अनुगमन जारी रहेको छ । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न,उपभोग्य वस्तु वा सेवाको गुणस्तर,परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न गाउँपालिकाले केही दिनदेखी बिभिन्न स्थानमा अनुगमन गरिरहेको छ ।
शुक्रबार वडा नं ५ स्थित तिनखण्डे, ढाँपबजार लगायतका स्थानमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।बजार अनुगमनको क्रममा व्यवसायिक कारोबारको दर्ता,नविकरण,आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, उत्पादन भएको र त्यसको म्याद सकिने मिति, मूल्यसूची, प्याकेजिङ् लगायतमा विशेष अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
साथै म्याद गुर्जिएका सामाग्री जफत गर्नुका साथै ब्यवसाय दर्ता, नवीकरण नभएका पसलहरूलाई ७ दिनभित्र नवीकरण गर्न र अनिवार्य मुल्यसुची राख्न पनि निर्देशन दिइएको श्रेष्ठले बताउनुभयो ।
बजार अनुगमनलाई तीब्र रूपमा अगाडी बढाउने उहाँको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले व्यवसायीहरूलाई उपभोक्ताहरूको स्वास्थ्यमा खेलबाड नगर्न र नागरिकहरुले पनि विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |