

धादिङ,०१ फागुन ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत सम्बन्धी तालिम सुरु भएको छ ।
बेरोजगार युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले गाउँपालिकाको आयोजनामा ४५ दिने इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत तालिम आजदेखी सुरु भएको हो । तालिमको आज गाउँपालिकाकाका अध्यक्ष राजु उप्रेतीले उद्घाटन गर्नुभएको गाउँपालिकाका सुचना अधिकारी सुरेस रिजालले जानकारी दिनुभयो ।
इलेक्ट्रोनिक्स सामाग्रीहरु मर्मत संभार गर्नको लागि गाउँपालिकाकै जनशक्तिले सकुन् भन्ने हेतुले तालिम सुरु गरिएको सुचना अधिकारी रिजालले बताउनुभयो ।
तलिममा १६ जना सहभागि छन् । तालिम उद्घाटनमा गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, बिभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |