

धादिङ,०१ फागुन ।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरिमा आईचर ट्रकले किचेर एक बालकको मृत्यु भएको छ ।
आज साँझ बा ३ ख ३३६० नम्बरको ट्रकले किचेर कुरिका सिंहबहादुर तामाङको १० बर्षिय छोरा रोहित तामाङ (बिक्सो) को घटनास्थलमै मृत्यु भएको खनियाबास–३ का वडाध्यक्ष कमानसिंह तामाङले जानकारी दिनुभयो ।
नुवाकोट त्रिशुलीबाट गाउँमा खाद्यान्न सामाग्री बिक्री गर्न गएको ट्रकले पछाडि ब्याक गर्ने क्रममा बालकको टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष तामाङले बताउनुभयो ।
बालकको शव पोस्टमार्टमको लागि धादिङबेशी ल्याउने तयारी भइरहेको र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वडाअध्यक्ष तामाङले बताउनुभयो । मृतक बालक कक्षा २ मा अध्ययनरत थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |