

धादिङ,०२ फागुन ।
धादिङको थाक्रे गाउँपालिका वडा नं २ बाट एक चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
चितुवाको छाला कारोबार भैरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी धादिङ तथा मातहतबाट खटिएको प्रहरीको टोलीले सोमबार थाक्रे–२ स्थित मकवानपुरको कैलाश गाउँपालिकादेखी थाक्रे महादेववेशीतर्फ आउने आग्रा मोरिया सडकखण्डबाट एक चितुवाको छालासहित दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ चापाखर्कका ३० वर्षीय दिपक मोत्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक(एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।
उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर चितुवाको सिंगो छालासहित सार्वजनिक गरिएको हो ।पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक(एसपी) मिश्रले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |