

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस–२ मा प्रशासकीय भवन निर्माणका लागि वातावरण मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ ।
उक्त स्थानमा एक सय ९६ कित्ताका ५४ बिघा जग्गा हालै प्रदेश सरकारलाई उपलब्ध गराइएकाले प्रशासकीय भवन निर्माणका लागि सो निर्णय गरिएको हो ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विभिन्न जिल्लामा स्वास्थ्यका पूर्वाधार निर्माणका क्रममा भुक्तानी गर्न बाँकी रहेको रु आठ करोड ३९ लाख ३६ हजार रकम भुक्तानी दिने सर्वसम्मतिबाट निर्णय गरेको पनि सरकारको प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले राससलाई बताउनुभयो ।
उक्त बैठकले बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाललाई भारतमा कानुनको उच्च अनुसन्धान एवम् परामर्शसंग सम्बन्धित प्रशिक्षणमा भाग लिन प्रदेश सरकारका तर्फबाट १० दिने भ्रमणका लागि स्वीकृति प्रदान गरेकोे जनाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |