

धादिङ,०२ चैत ।
धादिङका पुर्व प्रहरी संगठनहरुले जग्गाको कित्ताकाट गर्ने कार्य तत्काल सुचारु गर्न माग गरेका छन् ।
पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीको नेतृत्व टोलिले बिहीबार प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत सरकारलार्ई ज्ञापन पत्र बुझाउदै पुर्व प्रहरी संगठनहरुले जग्गाको कित्ताकाट गर्ने कार्य तत्काल सुचारु गर्न माग गरेका हुन् ।
देशैभर रोकिएर बसेको जग्गाको कित्ताकाट समस्याले धादिङ जिल्ला अझ बढी मारमा परेकोे ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
हालको परिस्थितिमा मुल समस्याको रुपमा रहेको जग्गाको कित्ताकाट नेपाल सरकारबाट भएको रोकावटले नेपाल पुर्व प्रहरी लगायत आम जनताहरुले झेल्नु परेको अंशबण्डा लगायतका जटिल काम कार्यहरु बिगद लामो समय देखि रोकिएर बसेकोले जग्गाको कित्ताकाट गर्ने कार्य तत्काल सुचारु गर्ने वातावरण सृजना गर्न ज्ञापन पत्रमा भनिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |