

धादिङ,०८ चैत ।
गर्मी मौसम सुरु भएको छ । धादिङ सहित देशैभर वन जंगल डढेलोको जोखिम बढ्दै गएको छ।
डढेलोबाट वन जंगल जोगाउन र जैविक विविधताको संरक्षण गर्न डिभिजन वन कार्यालय धादिङले विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि मंगलबार डिभिजन वन कार्यालय धादिङ र धादिङ ट्राफिक प्रहरीको समन्वयमा धादिङबेशी सदरमुकामबाट काठमाडौँ, चितवन तथा बिभिन्न गाउँपालिकातर्फ गुड्ने सार्वजनिक सवारी साधनहरूमा सचेतनामूलक स्टिकर टाँसिएको छ ।
वन कार्यालय धादिङको आयोजनामा गत बुधबारदेखि सुरु भएको ‘वन डढेलो सचेतना सप्ताह’ डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्लाको बिभिन्न स्थानमा अग्नि रेखा बनाउने, सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने, विद्यार्थीहरुलाई वन डढेलो सम्बन्धि सचेतना लगाएतका लगायत काम गरिएको डिभिजन वन कार्यालय धादिङका सूचना अधिकारी टंक श्रेष्ठले जानकारी दिनुभयो ।
साथै जिल्लाका सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना र विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरुलाई डढेलो व्यवस्थापन सामग्री हस्तान्तरण गर्नुका साथै बजार क्षेत्रमा माइकिङ, सर्वसाधारणलाई वन डढेलो सम्बन्धी अनुरोध पर्चा वितरण गरीएको श्रेष्ठले बताउनुभयो ।
बन डढेलो पहिचान तथा अनुगमन प्रणलीको विगत ५ बर्षको डढेको तथ्याङ्क अनुसार जिल्लाको १३ स्थानिय तह मध्ये तिन वटा स्थानिय तह तिन पालिका वन डढेलोको उच्च जोखिममा रहेको छ ।सूचना अधिकारी श्रेष्ठका अनुसार रुवी भ्याली, बेनिघाट रोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिका वन डढेलोको उच्च जोखिममा रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |