

धादिङ,११ चैत ।
मार्पाक सामुदायिक क्लवको अध्यक्षमा शिव कार्की चयन भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न भएको क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले कार्किको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसमा क्लवको वरिष्ठ उपाध्यक्ष कल्पना बरुवाल, उपाध्यक्ष उरुषा अधिकारी, बिक्रम तामाङ्ग, सचिव अदिप अधिकारी, हरिशरण पन्त, कोषाध्यक्ष बासु अधिकारी र सह–कोषाध्यक्षमा सिता घर्ती चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रोशन तामाङ्ग, राजेन्द्र मगर, नकुल मिजार, बिबेक अधिकारी , अचेल तामाङ्ग र भिमसेन अधिकारी चयन भएका छन्।
उत्तम अधिकारीको संयोजकत्वमा विशाल अधिकारी र नवीन अधिकारी सदस्य रहेको निर्वाचन समितिले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लवको महासचिव र दुई जना सदस्य भने पछि मनोनयन गर्ने क्लवले जनाएको छ ।

क्लबका अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा सम्पन्न भएको पाचौ अधिबेशनमा क्लबका संस्थापक अध्यक्ष तथा नेपाली सेनाका भु.पु.सेनानी बिष्णु बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्लबका महासचिव अनिल अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अजय अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
धादिङ जिल्ला भरि कार्यक्षेत्र रहेको नेत्रावती डबजोङ्ग गाउँपालिकाको सामाजिक संस्था मार्पाक सामुदायिक क्लवले विविध सामाजिक कार्य गर्दै आईरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |