

धादिङ,२४ चैत।
धादिङबेशीमा पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ ।
टेवाको आयोजना तथा संगत नेपालको सहकार्यमा धादिङका पत्रकारहरुसँग धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।छलफलमा मिडिया एड्भोकेसी गु्रप(म्याग)का अध्यक्ष बबिता बस्नेतले पितृसत्ता, महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र एंव राष्ट्रिय नीति तथा कानूनहरु, महिला विरुद्धका हिंसा सम्बन्धी कानुनी व्यवस्थाहरु, यौन दुव्र्यवहार, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार लगायतको विषयमा सहजीकरण गर्नुभएको थियो।
अध्यक्ष बस्नेतले पितृसत्तात्मक, नारीबाद र समानताका विषयमा लेख्दा कसरी विषयको उठान गर्न सकिन्छ भन्ने विषयमाथि प्रकाश पार्नुभएको थियो ।
यस्तै संगत नेपालकी बिना महर्जनले नारीवादको वकालत गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । टेवाले महिलाहरुलाई लक्षित गर्दै देशको दिगो र सन्तुलित विकास गर्नतर्फ अग्रसर गराउन नियमित रुपमा अर्थ संकलन गर्ने बानी बसाई नेपालका महिलाहरुका लागि अनुदान सहयोग गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |