

धादिङ,२७ चैत।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मुलाबारीमा बालमैत्री स्थानीय शासन कार्यान्वयनसम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले सोमवार वडासमितिका पदाधिकारी हरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष कमल बहादुर थापाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी ५ ले २०८० भित्र वडालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको बताउनुभएको छ ।

कार्यशालामा महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वाेत्तम हित,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति,योजना, संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएको बताउनुभयो । उहाँले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले त्रिपुरासुन्दरीले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत अभियानको रुपमा अगाडि बढाईएको बताउनुभयो ।

बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कामको प्राथमिकताक्रम अनुसार कार्ययोजना तयारी र बालबालिका, अभिभावक , बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता तयार गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।
वडाध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित १९ जनाको सहभागीता रहेको थियो भने त्रिपुरासुन्दरीका निबर्तमान अध्यक्ष शुम्भु कुमार श्रेष्ठ, वडा नं ३ का निबर्तमान वडाध्यक्ष लोकेन्द्र थापाको उपस्थिति रहेको थियो ।

यसैगरी सोमबार नै त्रिपुरासुनदरी गाउँपालिका वडा नं ४ मा पनि बालमैत्री स्थानीय शासन आचार संहिता तथा कार्ययोजना तयारी सम्बन्धि कार्यशालामा सम्पन्न भएको छ । वडाध्यक्ष कपिलदेव सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो ।
कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न वडास्तरबाट गर्नु पर्ने कार्यहरु बालबालिकाहरुको बस्तुगत विवरण तयारी, आचार संहिता निर्माण ,वडा तथा पालिका तहमा बालसंञ्जाल गठन,परिचालन , बाल अधिकार सम्बन्धि सचेतना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र अधिबक्ता सुनिता कडेलले सहजिकरण गर्नु भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |