

धादिङ,३० चैत।
धादिङबेशीमा अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमशिलता तालिम शुरु भएको छ ।
अपाङ्गता पुर्नस्थापना समाज नीलकण्ठ,धादिङको आयोजना र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाई उद्यमी र आत्मनिर्भर बनाउने उद्धेश्य अनुरुप आजदेखि ३ दिने आधारभुत उद्यमशिलता सम्बन्धि तालिम धादिङबेशीमा शुरु भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरु पनि सक्षम भएर बाँच्ने वातावरण सिर्जना गर्न, जिविकोपार्जन गर्न सहज बनाउन र कसरी उद्यमशिलता बनाउने भन्ने जानकारी दिन तालिमको आयोजना गरिएको अपाङ्गता पुर्नस्थापना समाज नीलकण्ठ,धादिङका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष लक्ष्मण पण्डितले जानकारी दिनुभयो ।
तालिममा २१ जना सहभागि छन् । तालिममा व्यवसाय, आयआर्जन, स्वरोजगार लगायतका विषयवस्तुमा श्याम मग्रातीले सहजीकरण गर्ने पण्डितले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता भएका व्यक्तिहरुलाई १० ठाउँमा वर्गीकरण गरेको भन्दै अवसरको क्षेत्रमा सबैलाई एकै ठाँउमा समेटेर लैजान आवश्यक रहेको बताउनुभयो ।
अपाङ्गता भएकाहरुको जीवन सहज बनाउन यो तालिमले ठूलो भुमिका खेल्ने उहाँको भनाई छ । यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निर्मला केशीले प्रत्येक पालिकामा उद्यमशिलता कार्यक्रम रहेकाले पालिकाको कार्यक्रमसङ्ग यो तालिम लिएका व्यक्तिहरुलाई जोड्न सके प्रभावकारी बन्ने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |