

धादिङ,१५ बैशाख।
गजुरी गाउँपालिकामा अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको छ।
गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आजदेखि ३ दिने अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो ।
तालिमको आज गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । तालिममा प्रत्येक वडाका ४/४ जनागरी ३२ जना सहभागिता रहेका छन् अगुवा महिलाहरुलाई बोल्ने कलाको विकास गर्न र आफ्नो कुराहरु औपचारिक कार्यक्रममा राख्न सजिलो बनाउनको लागि तालिमको आयोजना गरीएको बिसुरालले बताउनुभयो ।
महिलाहरुले तालिमको माग गरी पालिकामा निवेदन दिएपछि पालिकाले बजेट बिनियोजन गर्नुको सट्टामा तालिमकै आयोजना गरेको बिसुरालको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |