

धादिङ,१६ बैशाख ।
धादिङ गंगाजमुना गाउँपालिकामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम संचालन गरिएको छ ।
गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आजदेखी ३ दिने पुनर्ताजगी तालिम सुरु भएको गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाले जानकारी दिनुभयो।
स्थानीय तहमा हुने विवादहरुलाई स्थानीय स्तरमै मेलमिलाप गर्न सहयोग पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सिंखडाले बताउनुभयो । मेलमिलापकर्ताले मुद्धा छिनोफानो गर्दा समाजमा भाइचाराको सम्वन्ध स्थापित हुने भएकोले त्यसलाई अझै शसक्त ढङ्गले लैजानको लागि तालिम प्रदान गरिएको सिंखडाले बताउनुभयो ।
धादिङ अदालतका अधिवक्ता रामचन्द्र भट्ट र दिनेश दुवाडीले प्रशिक्षण गर्नुभएको तालिममा गाउँपालिकाको ७ वटै वडाका २६ जना मेलमिलाप कर्ता सहभागि छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |