

धादिङ,१८ बैशाख।
धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएको छ ।
आज दिउँसोको बर्षाले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ स्थित धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा पृथ्वी राजमार्ग पुर्णरुपमा अवरूद्ध भएको छ ।
वैकल्पिक बाटो खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ। भासिएको पुलमा ग्यावीन जाली राखेर बाटो खुलाउने भनिए पनि तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
अहिले दुईतर्फी सवारी आवागमन रोकिएको छ । सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् । प्रहरीले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ ।
सडक आयोजनाले उक्त भासिएको पुलसँगै नयाँ पुल निर्माणको काम समेत थालेको थियो। तस्विर : राजाराम डंगोल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |