

धादिङ,२३ बैशाख ।
काठमाण्डौं उपत्यकाको फोहोर बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न धादिङको धुनिवेशी, नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिकाले माग गरेका छन्।
उपत्यकाको फोहोर विर्सजन केन्द्र बञ्चरेडाँडा कुडुले ल्यान्डफिल साइटमा फोहोर प्रभावित पालिकाहरुको तर्फबाट संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ३ बुँदे माग राखेका छन् ।
बैशाख ५ गते धादिङको धुनिबेशी र नुवाकोटको ककनी गाउँपालिकाले सयुक्त रुपमा १५ दिनको समय दिएर विभिन्न समयमा भएका माग पुरा नगरे फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएकोमा महानगर तथा केन्द्र सरकारले कुनै व्यवस्था नगरेपछि शनिबार प्रभावित क्षेत्रका पालिकाले पत्रकार सम्मेलन गरी संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै ३ बुँदे माग राखेका हुन् ।
बैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्न, प्रभावित नागरिकहरुको उचित व्यवस्थापन, आवश्यकताको आधारमा मानववस्तीको व्यवस्थापन र यसभन्दा अघिका सम्झौताहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
विगत १८ बर्षदेखि काठमाण्डौ महानगरपालिकाको संयोजनमा १८ वटा नगरपालिकाको फोहर नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको सिसडोलमा विसर्जन हुँदै आएकोमा २०७९ जेठ १० गतेवाट धादिङ्गको धुनिवेसी वडा नं. १ कुडूले (बञ्चरडाँडा) मा उपत्यकाको फोहोर अब्यवस्थित रुपमा विसर्जन गर्दै आएकाले प्रभावित पालिकाका आम नागरिकले विभिन्न किसिमको समस्या भोग्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |