

धादिङ,१२ ज्येष्ठ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च(मानवअधिकार एलाइन्स) धादिङले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
मानवअधिकार एलाइन्स धादिङले बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । एलाइन्स धादिङका अध्यक्ष विनोद रिजालको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने काममा सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पुर्व मन्त्रीहरु लगायत संलग्न भएको र मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरुको दुरुपयोगप्रति मानव अधिकार एलाइन्सको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ ।
नीति निर्माता र राज्य सन्चालकहरु नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुन भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनितिक दलहरु र कानुनी शासन प्रति अविश्वास सृजना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय भएकाले यस्ता अपराधिक घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गरी दोषीमाथी कडा कारवाही गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
एलाइन्सले अनुसन्धानको प्रक्रिलाई सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न सुशासनको प्रत्याभुती कायम गराउन र मानव अधिकारको प्रत्याभुति गराउन सम्पुर्ण सरकोकारवालाहरुलाई आग्रह गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |