

धादिङ,३२ जेठ।
आज ज्येष्ठ नागरिक दुर्व्यवहारबिरुद्ध विश्व सचेतना दिवस, हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिकको सम्मान गर्दै संसारभरि नै मनाइने यो दिवस धादिङमा पनि मनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा धादिङबेशीमा जनचेतना ¥याली निकालिएको छ । धादिङबेशी पुछारबजारबाट विभिन्न सन्देशमुलक प्ले कार्ड सहित भएको ¥याली एमालेचोक, शान्तबजार, बिचबजार हुँदै सिरानबजार पुगेर कोण सभामा परिणत भएको थियो ।
¥यालीमा ज्येष्ठ नागरिक हाम्रा अमुल्य पथ प्रदशक हुन् उनिहरुलाई घृणा होईन आदर गरौँ, ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच, सभ्य नागरिकको पहिचान ज्येष्ठ नागरिकको सम्मान लगाएतको सन्देशमुलक प्ले कार्ड प्रदशन गरिएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रले जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिक हाम्रा अमुल्य पथ प्रदशक भएको भन्दै गैह्रले जेष्ठ नागरिकलाई उपलब्ध गराउने सेवा सुबिधालाई सहज बनाउनका लागि सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक(एसपी)गौतम मिश्रले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, निशुल्क स्वास्थ्योपचार, यातायात लगाएतका सुबिधालाई सहज रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघका सचिव कृष्ण बहादुर अधिकारीले ज्येष्ठ नागरिकहरू दिन–दिनै एक्लिँदै गइरहेको र अपहेलित जीवन बिताउन बाध्य बन्दै गएको बताउनुभएको छ ।
युवाहरू सहर वा विदेश पलायन हुन्, बुुढेसकालमा स्वास्थ्य सेवा, गास, बास, कपासको उपयुक्त प्रबन्ध नहुनु, ज्येष्ठ नागरिकको सवाल राज्य, नागरिक समाज र दातृ निकाय कसैको पनि प्राथमिकता क्षेत्रमा पर्न नसक्नुले ज्येष्ठ नागरिकहरू पिडित भएको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर हरेक वर्ष जुन १५ मा मनाइंन्छ । ज्येष्ठ नागरिकको सम्मान गर्दै उनीहरुको अनुुभव समाजमा प्रयोग गर्नु पर्नेमा जोड दिंदै संयुक्त राष्ट्र संघले सन् २०१२ मा हरेक वर्षको जुन १५ मा विश्व ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको सचेतना दिवस मनाउने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार नेपालमा पनि हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |