

धादिङ,१० असार।
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसमा धादिङबेशीमा प्रभातफेरी गरी मनाईको छ।
जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस”को अवसरमा सचेतनामूलक प्रभातफेरी गरिएको हो।
प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार महासंघ, यातायात व्यावसायी, सामुदायीक सेवा केन्द्रका पदाधिकारिहरु, सशस्त्र प्रहरीबल नेपाल आश्रीत गुल्म धादिङका कर्मचारी लगाएतको सहभागीता थियो।
“लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता, व्यक्ति, समाज र राष्ट्रको प्रतिवद्धता“ भन्ने मुल नाराका साथ धादिङबेशीस्थित पुच्छारबजारबाट सुरु भएको प्रभातफेरी सिरानबजार पुगेर कोण सभामा परिणत भएको थियो।
हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |