

धादिङ,१८ असार,
सदरमुकाम धादिङबेसीमा सडक बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
आइतबार साँझ धादिङबेसीस्थित स्थानीय टोल सुधार संस्थाले जडान गरेको सडक बत्ति मर्मत गर्ने क्रममा नीलकण्ठ नगरपालिका-८ रामकोटका ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
पानी परिरहेको अवस्थामा विजुलीको पोलमा चढेर बत्ति मर्मत गरिरहेका मगर करेन्टले पोलमै १० मिनेट भन्दा बढी समय झुण्डिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
उनी लामो समयदेखि सदरमुकाम धादिङबेसी र आसपासमा विद्युत जडान तथा मर्मतको काम गर्दै आएका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |