

धादिङ,२८ असार।
जापानमा धादिङका एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।
जापानको राजधानी टोकीयोको सुमिदा स्थित खोलामा धादिङको थाक्रे गाउँपालिका वडा नं.९ का २३ वर्षिय सुदिप आचार्य मृत अवस्थामा फेला परेका हुन् ।
सुमिदास्थित कुमा बस्दै आएका आचार्य जुलाई १० (असार २५ गते) राती ११ बजे साथीहरुलाई एकछिन निस्कन्छु भनेर गएका थिए ।
तर भोलीपल्ट सम्म पनि नफर्किएपछि साथीहरुले खोजी गर्दा नजिकैको खोलामा तैरिएको अवस्थामा मृत भेटिएका समाचार प्राप्त भएको छ । मृतक अचार्यको पोष्टमाटम पछि मात्रै घटनाका विषयमा थाहा हुने जनाएको छ ।
एक वर्ष अघि मात्रै विद्यार्थी भिषामा जापान पुगेका उनी रिचिनोमोरी जापानिज ल्याङवेज स्कुल, ¥योगोकु सुमिदा कु टोकियोमा अध्ययनरत थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |