

धादिङ,३० असार।
धादिङको धुनिवेशी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक बर्ष २०७९/८० मा हालसम्म सम्पन्न भएका काम र सेवा प्रवाहका सन्दर्भमा शुक्रबार कार्यालय प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, कृषि,पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा प्रश्न उठाएका थिए।
कार्यक्रममा उठेका सवाल र जिज्ञासाको नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेगमी र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।
प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख आचार्यले नगरपालिकाको कमजोरीमा खबरदारी गर्न आग्रह गरे ।उनले नगरपालिकाबाट प्रवाह भएको सेवाको बारेमा समस्या, गुनासा निर्धक्क राख्न पनि अनुरोध गरे ।
आचार्यले प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रम तथा योजनाका बारेमा धेरै गुनासो आएको तथा हामीले अनुगमन गर्न नपाउने भएका कारण राम्रो काम नभएको बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |