

धादिङ,०३ श्रावण।
नीलकण्ठ नगरपालिका-८ च्याडु घुम्ती नजिकै सडक माथीबाट खसेको पहिरोले अवरुद्ध धादिङबेसी मलेखु सडक खुलाउन अझै केही घण्टा लाग्ने भएको छ ।
बुधबार अपह्रान्हदेखी अवरुद्ध धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग) खुलाउन अझै ३-४ घण्टा लाग्ने नीलकण्ठ–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
अहिले त्यस क्षेत्रमा सवारीको लाम लागेको छ । घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर पहिरोसंगै ठुल्ठुला ढुंगा सडकमा खसेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
दिउसैदेखि डोजरको प्रयोग गरेर सडकमा खसेको ढुंगा माटो पन्छाउने काम भैरहेपनि सडक खुलाउन अझै केही समय लाग्ने उहाँको भनाई छ। पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसंगै भएकोले जोखिम अत्याधिक रहेको प्रहरीले जनाएको छ ।
सडक खुलाउन अझै ३/४ घण्टा भन्दा बढी नै लाग्ने देखिएकोले वैकल्पिक व्यवस्थापन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
राजधानी काठमाडौं र अन्यत्र जिल्लाहरुबाट सदरमुकाम धादिङबेसी आवतजावत गर्ने मुख्य सडक नै अवरुद्ध भएसँगै यात्रुहरु अलपत्र परेका छन् ।तस्विर शंकर श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |